ललितपुर र वीरगञ्ज बराबरीमा रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ललितपुर सिटी एफसीलाई २–२ को बराबरीमा रोक्दै वीरगञ्ज युनाइटेडले जारी नेपाल सुपर लिग(एनएसएल) को दोस्रो सिजनमा पहिलो अंक प्राप्त गरेको छ ।

निकै रोमाञ्चक बनेको खेलमा वीरगञ्जले शीर्ष स्थानको होडमा रहेको ललितपुरलाई बराबरीमा रोक्दै अंक हात पारेको हो। यसअघिका दुई खेल हारेको वीरगञ्जले तेस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गर्‍यो। यता बराबरीसँगै ललितपुरले अंकतालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो। 

चार खेलबाट ललितपुरले एक जित र तीन बराबरीका साथ दोस्रो स्थानमा छ। शीर्ष स्थानको धनगढी एफसी भने तीन खेलबाट सात अंक छ। तीन खेल खेलेको वीरगञ्जको भने एक अंक छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।