नुवाकोटमा थप दुई जनामा कोरोना संक्रमण,सक्रमितको संख्या ३४पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नुवाकोटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार टेकु अस्पतालमा गरिएको परीक्षणमा थप दुई जनामा कोरोना पोजेटिभ देखिएको हो ।

थपिएकाहरु तारकेश्वर गाँउपालिका ३४ र ३१ वर्षीय पुरुष रहेका स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

शुक्रबार दुई जना सक्रमित थपिएसँगै नुवाकोटमा सक्रमितको संख्या ३४ पुगेको छ ।

कोराना मुक्त भएर २३ जना घर फर्कि समेका छन् भने अन्य त्रिशुली अस्पतालमा ७, खरानिटार अस्पतालमा ३ जना र पाटनमा एक जनाको उपचार भै रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।