उत्पादन वृद्धि गर्न माटोलाई गुणस्तरीय बनाउनुपर्छ : कृषिमन्त्री भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसालले विभिन्न प्रकोपका कारण माटोको उर्बरा घट्दै गएकाले माटोलाई शतप्रतिशत शुद्ध बनाउनुपर्ने बताएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)द्वारा १०औँ विश्व माटो दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले नेपाली माटोको गुणस्तरलाई उच्च राख्न कृषि भूमिको अनुपयुक्त प्रयोगलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

माटोमा रासायनिक मलभन्दा नदी खोलामा बगेको मलिलो पानी खेतबारीमा प्रयोग गर्न सके माटो सुधार हुने उनको भनाइ छ ।

मुलुकमा समृद्धि कायम गर्न उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै मन्त्री भुसालले त्यसका लागि माटोको गुणस्तरमा ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।

कृषि उत्पादन, उत्पादकत्व वृद्धि गरी कृषकको आय वृद्धि, आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखेर राष्ट्रिय कृषि नीति छिट्टै ल्याउने तयारी भइरहेको बताउँदै उनले उक्त नीतिले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे ।

साना किसानलाई संरक्षण गर्न उनीहरुको उत्पादनलाई मूल्य श्रृङ्खलामा जोड्ने बताउँदै उनले मूल्य श्रृङ्खलाबाट कृषि वस्तुको बजारीकरणको खाँचो औँल्याए ।

नार्कअन्तर्गत माटो विज्ञान अनुसन्धान केन्द्रले विभिन्न कार्यक्रम गरी ‘माटो र पानी, जीवनको थालनी’ भन्ने नाराका साथ माटो दिवस मनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।