नेपाल सुपर लिग : आज ललितपुर र वीरगञ्ज खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणमा आज ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । आजको खेलमा ललितपुर जित निकाल्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा रहँदा वीरगञ्ज पहिलो जितको खोजीमा हुनेछ ।

आज ललितपुरले चौथो खेल खेल्दैछ भने वीरगञ्जले तेस्रो खेल खेल्नेछ । यसअघिका तीन खेलमा ललितपुरले धनगढी र पोखरासँग बराबरी खेलेको थियो भने बुटवललाई पराजित गरेको थियो । योसँगै ललितपुर ५ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । 

यस्तै धनगढी र चितवनसँग पराजित भएको वीरगञ्ज आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । वीरगञ्ज अंकविहीन रहँदै तालिकाको पुछारमा छ । शीर्षस्थानमा रहेको धनगढीको ७ अंक छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।