पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ : देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने बताएका छन ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै सभापति देउवाले प्रदेश सम्मेलन पार्टी बलियो बनाउने अभियान भएको बताएका हुन ।

‘कांग्रेसको प्रदेश सम्मेलनले पार्टीलाई बलियो बनाउँछ, आन्तरिक लोकतन्त्र बलियो बनाउँछ’, देउवाले भने, ‘पार्टीलाई एक बनाउन लाग्नुस् मेरो आग्रह छ, पार्टी बलियो भए मात्र हामी सबै सबल हुन्छौँ ।’

सभापति देउवाले बुद्ध जन्मेको ठाउँबाट पार्टीलाई थप बलियो बनाउने सन्देश दिनुपर्नेमा पनि जोड दिँदै भने, ‘बुद्ध जन्मेको ठाउँमा छौँ, यही भूमिबाट कांग्रेसलाई बलियो बनाउने संकल्प गरौँ ।’ 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।