सार्वभौम सत्ता, स्वाधीनता र भौगोलिक अखण्डता बचाउनु आजको आवश्यकता : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डता बचाउनु आजको आवश्यकता भएको बताएका छन्।

शुुक्रवार पार्टीको महाकाली–मेची अभियानका क्रममा डडेल्धुराको अमरगढीमा अमरसिंह थापाको शालिकमा माल्यार्पण गर्दै उनले यस्तो बताएका हुन्। उनले अमरसिंह थापा जस्ता योद्धाले लडेर बनाएको देशको सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डता बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नुपर्ने बताए। उनले हरेक नागरिकले आफूभन्दा पहिला देश सोच्नुपर्ने बताए।

ओलीले भने, ‘तत्कालीन प्रधानसेनापति अमरसिंह थापाले ७३–७४ वर्षको उमेरमा यो किल्ला बनाउनुभएको हो। अमरसिंह थापा यस्तो योद्धा हो जसले १८१५ को ब्रिटिश इण्डियासँगको नेपालको आत्मरक्षा र न्यायको लडाइँ लडेको थियो। अमरसिंह थापा प्रधानसेनापति, भीमसेन थापा उनका छोरा त्यसवेला पाल्पाको कमाण्डमा थिए र सबैभन्दा बाहिरी किल्लामा अमरसिंहका माहिला छोराका छोरा बुटवल गढीको रक्षा गर्न तैनाथ थिए। अमरसिंह थापा महान् देशभक्त, योद्धा, जनरल र देशका लागि समर्पित हुनुहुन्थ्यो। सिपाहीभन्दा अघि बढ्नुहुन्थ्यो। यसको सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डताका लागि उहाँहरू लड्नुभयो, त्यसलाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नु छ।’

अध्यक्ष ओलीले अमरसिंह थापा सबै नेपालीका निम्ति आदरणीय रहेको बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।