राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। 

आगामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले यही मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम राखेको छ।

राजनीतिक दल दर्ता भएपछि पुस १ गते दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगले जनाएको छ। 

स्वीकृत कार्यतालिका अनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ। 

पुस २० गतेदेखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम संचालन गरिने आयोगको कार्यतालिका छ। 

माघ ११ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान कार्य संचालन हुने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। स्थायी सदन राष्ट्रियसभाका एक तिहाइ अर्थात् २० जना सदस्यको पद आगामी फागुन २० गतेदेखि रिक्त हुँदैछ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।