आजदेखि एनटीए लिग तेक्वान्दो प्रतियोगिता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता आजदेखि हुने भएको छ।

प्रतियोगितामा पुम्से र ग्यरोगी विधामा जम्मा ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजक सङ्घका उपाध्यक्ष भानबहादुर चन्दले बुधबार यहाँ आयोजित पत्रकार सम्मलेनमा जानकारी दिए ।

प्रतियोगितामा जम्मा छ सय ५० खेलाडीको सहभागिता रहने तेक्वान्दो सङ्घका सदस्य बब्लु सिवाकोटीले बताए ।

उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु नौ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेल सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।