यु–१९ एशिया कपका लागि नेपाली टोलीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन् २०२३ को यू–१९ एशिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले मंगलवार देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो।

टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलक राजभण्डारी र आकाश चन्द रहेका छन्।

एशिया कप यही मंसिर २२ गते (डिसेम्बर ८) मा संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरु हुँदै छ। 

एशिया कपमा नेपाल समूह ए मा रहेको छ। यो समूहमा नेपालसहित अफगानिस्तान, भारत र पाकिस्तान रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।