भूकम्पपीडितको आवास निर्माणमा लाग्न उपप्रधानमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पप्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।

अस्थायी आवास निर्माणका लागि सरकारले दिने पहिलो किस्ताबापतको रकम प्रभावित नागरिकको हातसम्म पुगिसकेको बताउँदै उपप्रधानमन्त्री खड्काले भूकम्पका कारण भत्किएका संरचना पन्छाउने र तत्कालै अस्थायी आवास निर्माण अहिलेको आवश्यकता रहेकाले सोहीअनुसार काममा खटिन निर्देशन दिए।

आज सुर्खेतमा कर्णाली प्रदेश सरकारका मन्त्री र सुरक्षा अङ्गका प्रदेश प्रमुखसँगको छलफलमा उपप्रधानमन्त्री खड्काले भूकम्पपछिको पुनर्निर्माणमा स्रोतको कमी नरहेको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।