नेपालको स्वाभिमानमा आँच आउने फिल्म रोक लगाउन बालेनको पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउनेसहितका चारबुँदे सुझावसहित फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका छन् ।

एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो फिल्म बनाएको अवस्थामा त्यसको पनि प्रशारण रोक्न बालेनले सुझाव दिएका छन् ।

यही सोमबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड, नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघलाई बोधार्थ राखेर चलचित्र जाँच समितिका अध्यक्षलाई पठाएको पत्रमा शाहले चार बुँदामा सुझाव दिँदै चलचित्र जाँच समितिको कार्यविधि, २०७४ कार्यान्वयनमा ल्याइ चलचित्र जाँचसम्बन्धी कार्यलाई एकरूपता दिएर जवाफदेही तथा पारदर्शी बनाउन आग्रह गरेका छन् ।

पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन तथा एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो फिल्म बनाए, कुनै धर्म विशेषले अर्को धर्म विशेषलाई अवहेलना गरेको दृश्य तथा संवाद भए, कुनै पनि जातजाति, वर्ण, समुदाय, लिंग/शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच)मा रोक लगाउन चलचित्र जाँच समितिलाई बालेनको सुझाव छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।