काठमाडौँ । आरएसडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अर्थात मंसिर ६ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर ७ गते बुक क्लोज गर्ने भएको हुँदा मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।
कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८.६० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
कम्पनीले मंसिर १५ गते वार्षिक साधारण सभा डाकेको छ ।
Comment