विश्वकप छनोट: नेपाल यमनसँग पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपाल यमनसँग २-० गोलले पराजित भएको हो। यमनलाई जित दिलाउन ओमर अब्दुल्लाह अल–दाही र मोहम्मद अब्दुल्लाह अल–दाहीले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ७३औँ मिनेटमा ओमर अब्दुल्लाह अल–दाहीले उत्कृष्ट गोल  गरे ।   यस्तै, खेलको अन्तिम मिनेटमा मोहम्मद अब्दुल्लाहले लेफ्ट साइडबाट नेपाल डिफेन्स लाइन तोड्दै ‘चिप’ गोल गर्दै नेपालको खेलमा फर्किने आस तोडेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।