राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र चिनियाँ प्रतिनिधिबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङले शिष्टाचार भेट गरेका छन्।

 बिहिबार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्ष संघीय संसद सचिवालयमा उक्त भेट भएको हो।

तिमल्सिनाले सचिव वाङ जुनझेङ प्रधानमन्त्रीको चीन भ्रमणमा भएको समझदारी र सम्झौताहरुलाई कार्यान्वयन गर्ने वातावरण बनाउनका निम्ति नेपाल आएको बताए।

उनले भेटमा दुई पक्षीय सम्बन्ध, आर्थिक विकास, नाकाहरु सञ्चालन गर्ने, नेपालको व्यापारलाई अभिवृद्धि गर्नेलगायत समग्र दुई देशको हित र आर्थिक विकासको बारेमा छलफल भएको बताए।

‘प्रधानमन्त्रीको चीन भ्रमणमा भएको समझदारी, सम्झौताहरुलाई कार्यान्वयन गर्ने कुरामा अगाडि बढ्नका लागि त्यसको वातावरण बनाउन कुरा भएको छ । दुई पक्षीयसम्बन्ध, आर्थिक विकास, नाकाहरु सञ्चालन गर्ने, नेपालको व्यापार अभिवृद्धि गर्ने कुरा छ,’ उनले भने।

भेटमा व्यापार घाटा कम गर्न घाँस निकासी गर्ने, फलफूल निकासी गर्ने, नेपालमा लगानीको वातावरण बनाउने र चिनियाँ उद्यमीहरुले नेपालमा लगानी गर्ने ऊर्जा विषयमा छलफल भएको बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।