काठमाडौं । नेकपा (एमाले) ले भूकम्प प्रभावित जाजरकोट लगायत जिल्लामा अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेको छ। बुधबार च्यासलमा बसेको सचिवालय बैठकले मंसिर १ गतेदेखि स्वयंसेवक खटाउने निर्णय गरेको हो।
‘मंसिर १ गतेदेखि एक हजार स्वयंसेवकहरू भूकम्प प्रभावित क्षेत्रमा खटिनु हुनेछ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘एक करोड रुपैयाँ बढीको हामीले श्रमदान गर्नेछौं।’
उनले हजारौं टहरा बनाएर नागरिकहरूलाई हस्तान्तरण गरिने बताए।
Comment