काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख सहयोग गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालसहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
नेकपा एसको हिजो बसेको सचिवालयले बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो । यसअघि आजै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण गरेको थियो ।
Comment