राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन्। भूकम्पप्रभावित नागरिकको अवस्था बुझ्न उनी त्यस क्षेत्रमा जान लागेका हुन्।

राष्ट्रपति पौडेल  बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको स्रोतले जनाएको छ ।    

उनी युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित जान लागेका हुन्।  विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् ।

जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।