काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले विशेष साधारण सभा कात्तिक २१ गतेका लागि बोलाएको छ ।
सभा लक्ष्मी सनराइन बैंक लक्ष्मी कम्प्लेक्स हात्तिसार काठमाडौँमा दिनको ४ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले सनराइज क्यापिटल लिमिटेडबीच गाभ्ने/गाभिने सम्बन्धी संचालक समितिको प्रस्ताव पारित गर्नेछ । सातै एक आपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि मूल्यांकनकर्ता आरपिबि एण्ड एसोसिएट्सबाट प्राप्त दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन बमोजिम सिफारिस गरिएको सेयर आदान प्रदान अनुपातको आधारमा लक्ष्मी क्यापिटलको १ कित्ता सेयर बराबर सनराइज क्यापिटलको १ कित्ता सेयर प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
Comment