काठमाडौं । विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग भएको खेल सुपर ओभरमा गएको छ।
नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। विवेक यादव, अविनास बोहोरा, गुल्सन झा र सोमपाल कामीले समान १ विकेट लिए।
Comment