भूकम्पमा घाइते भएका सबैको उपचार सरकारले निःशुल्क गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परेर घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने भएको छ ।

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बिहान बसेको  बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरेको दाबी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्धार गरिएकाको उपचारका लागि काठमाडौंलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको बताए।

बस्नेतले बैठकमा गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारी रूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्ने विषयमा छलफल भएको जानकारी दिए। उनले छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय लिने जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।