काठमाडौँ । माण्डु हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको कात्तिक १६ गते बसेको संचालक समिति बैठकले उक्त निर्णय गरेको हो । लाभांश पारितका लागि कम्पनीले मंसिर १५ गते वार्षिक साधारण सभा कोर्टयार्ड छाया सेन्टर, ठमेल काठमाडौंमा बिहान १० बजे बस्ने गरी बोलाएको छ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर ४ गते बुक क्लोज गर्ने भएको हुँदा मंसिर ३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
Comment