झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन गिरावट आएको छ । मंगलबार १४ अंकले घटेको नेप्से आज झन्डै ६ अंकले घटेको हो ।

सूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २४ करोडले बढेर ८४ करोड रुपैयाँ पुगेको छ ।

बुधबार नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ विन्दुमा आइपुगेको छ । यसदिन २९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका २९६ कम्पनीमध्ये १६२ वटाको मूल्य घटेको छ भने ६८ वटाको बढेको छ । त्यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये लगानी बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै १.०१ प्रतिशतले घटेको छ ।

आज सोनापुर मिनरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । यसको साढे १४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

घट्दो बजारमा सोनापुर मिनरल्सका सेयरधनीले सर्वाधिक ७.९९ प्रतिशत गुमाएका छन् भने सयपत्री हाइड्रोपावरका सेयरधनीले ९.३९ प्रतिशत कमाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।