विश्वकप छनोट: भीभीआईपी टिकटको मूल्य १० हजार, साधारणको २ सय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको खेलका लागि भीभीआईपी तर्फको टिकट मूल्य १० हजार रुपैयाँ कायम गरिएको छ। भीभीआईपी तर्फको टिकट भने १० वटा मात्रै बिक्री गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

भीभीआईपी टिकट काट्नेले राष्ट्रिय टोलीका पूर्व कप्तान तथा क्यानका सचिव पारस खड्कासँग भेट गर्न पाउनेछन्। साथै उनीहरुलाई खानाको पनि व्यवस्था गरिएको छ। सामान्यतर्फको मूल्य भने २ सय रुपैयाँ राखेको छ।

विश्वकपको एसिया क्षेत्र छनोटका खेलहरु आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानीमा हुँदैछ। समूहमा नेपालले ओमान र मलेसियासँग पनि खेल्ने छ । नेपालले सोमबार सिंगापुरसँग खेल्दै छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । ८ टोली सहभागी प्रतियोगितामा फाइनल पुग्ने दुवै टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।