काठमाडौ । नेपाली कांग्रेसले आज चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
कांग्रेस पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विजयादशमी, तिहार, नेपाल सम्वत, छठ लगायत पर्वहरूको अवसरमा आज दिउँसो १ देखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको जानकारी दिए।
चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, पत्रकार, कलाकार, उद्योगपतिलगायतलाई निमन्त्रणा गरिएको छ ।
२०३३ सालमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्ने परम्परा रहँदै आएको छ ।
चियापान कार्यक्रमलाई बिपीको निधनपछि त्यसपछिका पार्टी सभापतिहरुले निरन्तरता दिँदै आएका छन् ।
Comment