देशमा अस्थिरता र अराजकता बढ्यो: अध्यक्ष थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशभित्र अराजकता र अस्थिरता बढेको बताएका छन् ।

राप्रपा नेपाल ललितपुरद्धारा शनिबार ललितपुरमा आयोजित विरोधसभालाई सम्बोधन गदैै उनले भने, “नेपालको हिन्दु राष्ट्रको पहिचान समाप्त गरेर के देशमा धार्मिक, सामाजिक सद्भाव र एकता वलियो भएको छ ? सनातन धर्म बलियो भएको छ । संघीयता लादेपछि के देशको कायापलट भएको छ ? जनताले विकास पाएका छन् ? अहिले देशमा अस्थिरता बढेको छ । देशभित्र सामान्य जागीर पाउन नसकेको कारणले गर्दा नेपालका ४० लाख भन्दा बढि युवाहरु विदेश पलायन हुन बाध्य भएका छन् ।”

अध्यक्ष थापाले धर्म निरपेक्षताको आडमा नेपालको सनातन धर्म संस्कृतिमाथि आक्रमण भइरहेको आरोप लगाए। विदेशीको इसारामा नेपालका प्रमुख राजनीतिक दलहरुले हिन्दु राष्ट्रको पहिचान समाप्त पारेको आरोप लगाउँदै उनले सुरुसुरुमा जनताले धर्म निरपेक्षता भनेको के हो भन्ने नबुझ्दै हिन्दु धर्मको अस्थित्व मासेर धर्म निरपेक्षता लादेको आक्रोश व्यक्त गरे।

नेताहरुले सनातन धर्म अर्थात् हिन्दु, बौद्ध, किराँत धर्मलाई बिस्तापित गरेर विदेशी धर्म कायम गर्नको निमित्त गरिएको षड्यन्त्र धर्म निरपेक्षता भएको आरोप लगाउँदै थापाले यसको आडमा अहिले अनेकौ प्रलोभन दिएर संगठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तनले सनातन धर्म, संस्कृतिको अस्तित्वलाई नै संकटमा पारेको बताए । 

उनले अहिले सिङ्गै गाउँलाई धर्म परिवर्तन गराइने काम भएको वताउँदै धर्म परिवर्तनले गर्दा सदियौंदेखि कायम रहँदै आएको धार्मिक, सांस्कृतिक सहिष्णुता खल्बलिएर द्धन्द्ध बढ्न सक्ने खतरा रहेको धारणा व्यक्त गरे। 

कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष तारा लुइटेल, महामन्त्री भाष्कर भद्रा, केन्द्रीय सदस्यहरुलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।