कांग्रेसले आफ्नो शक्ति चिन्न सकेन : आरजु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेतृ डा.आरजु देउवा राणाले, नेपाली कांग्रेसले आफ्नो शक्ति चिन्न नसकेको तर्क गरेकी छिन् ।

अछाम काठमाडौं सम्पर्क समितिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले, स्थानीय तहदेखि केन्द्रसम्म सरकारमा रहेको कांग्रेसले आफ्नो शक्ति चिन्न नसकेको बताइन् ।

उनले भनिन् ‘सातै प्रदेशमा, केन्द्रमा, ७७३ नगरपालिका, गाँउपालिका अधिकांशमा हामी छौँ । भनेपछि हामी शक्ति भएको स्थानमा छौँ कि हामी कमजोरमा छौँ ।

हामीले आफूलाई चिन्नु पर्छ । हाम्रो पार्टीका अग्रज नेताहरुले गर्नु भएको काम जनताको अगाडि प्रष्ट भएकै कारणले नेपाली जनताले हामीलाई हरेक पटक चुनावमा जिताएको छ ।’

सामाजिक सञ्जालमा पार्टीको उपस्थिति कमजोर भएको प्रति असन्तुष्टि पोख्दै उनले सकरात्मक सोचेर पार्टीको पक्षमा खरो उत्रिन आग्रह गरिन् ।

‘सामाजिक सञ्जालतिर हेर्ने हो भने नेपाली कांग्रेस जिरोमा गईसकेको छ के हामी जिरोको पार्टी हो ?’ उनले भनिन् ‘सकारात्मक सोच राख्नु पर्छ हाम्रो जीवन पनि सकारात्मक हुन्छ । राम्रो सोचौं, राम्रो गरौं र राम्रैतिर उन्मुख हुनुपर्छ ।

पार्टीको कुरामा पनि हाम्रो नेताहरुले धेरै ठूलो मूल्य चुकाएर यो देशलाई यहाँसम्म ल्याएको छ । हरेक कालखण्डमा पार्टीले आफूलाई सावित गर्दै आएको छ । संविधान पनि नेपाली कांग्रेसले नै ल्याएको हो । पार्टीलाई संगठित गर्दै जानुपर्छ ।’

आन्तरिक द्वन्द्व व्यवस्थापन गर्दै अघि बढ्नु पर्नेमा जोड दिएकी उनले सकरात्मक बन्न सबैलाई प्रेरणा मिलोस भन्ने कामना पनि गरिन् ।

‘हामीभित्र भएका नकारात्मक शक्तिहरुलाई कसरी हटाउँने सकारात्मक उर्जा, राम्रो दृष्टि र दैविक गुणहरुलाई बाहिर ल्याउँने समय विजय दशमीले हामीलाई दिएको छ । यो दशैमा आफूभित्र भएको सकारात्मक शक्तिलाई बाहिर ल्याउँन र मनमा भएको रिस, घृणालाई हटाउँन आग्रह गर्छु । ’ उनले भनिन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।