नुवाकोट कांग्रेसको कोषाध्यक्षमा प्रल्हाद पन्त, प्रवक्तामा नारायणप्रसाद अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको कोषाध्यक्षमा प्रल्हाद पन्त मनोनित भएका छन ।

शनिबार बसेको नेपाली कांग्रेस जिल्ला कर्यसमिति नुवाकोटको बैठकले पार्टीको जिल्ला कोषाध्यक्षमा पन्तलाई मनोनित गरेको हो । 

उक्त  बैठकले पार्टीले जिल्ला कार्यसमितिको प्रवक्तामा जिल्ला कार्यसमिति सदस्य नारायण प्रसाद अधिकारी र जिल्ला कार्यसमितिकै सदस्य मन्जु बुढाथोकी (ढकाल) महिला विभाग प्रमुखमा मनोनित गरेको छ।

बैठक लगत्तै तीन जनालाई खादा लगाएर जिल्ला सभापति रमेश महत लगायतका नेताहरूले मनोनितहरूलाई बधाई दिएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।