प्रसाईंलाई बस्नेतको चेतावनी : युवा संघको तागत ननाप !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई युवा संघको तागत ननाप्न चेतावनी दिएका छन्। 

सोमबार साँझ सामाजिक सञ्जालमार्फत नेता बस्नेतले व्यवसायी प्रसाईंलाई सो चेतावनी दिएका हुन् ।

सोमबार दिउँसो युवा संघका कार्यकर्ताले दुर्गा प्रसाईंलाई अभद्र व्यवहार गर्दै कालोमोसो दलेका थिए। त्यसपछि प्रसाईंले आफू कानुनी प्रक्रियामा नजाने तर पैंचो तिर्ने बताएका थिए। 

प्रसाईंको उक्त अभिव्यक्तिपछि महेश बस्नेतले कालोमोसो दलिएकोमा उचित ठहर्‍याउँदै युवा संघको तागत ननाप्न चेतावनी दिएका हुन्।

सोमबार काठमाडौंको जमलस्थित एक होटलमा पत्रकार सम्मेलन समापन गरेर निस्किने क्रममा प्रसाईंमाथि कालो मोसो दलिएको थियो।

त्यसपछि प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतको नाम लिएर पैचों तिर्ने चेतावनी दिएका थिए। त्यसको जवाफमा महेश बस्नेतले प्रसाईंलाई युवाहरुले आज तह लगाएको टिप्पणी गरेका हुन्। 

बस्नेतले भनेका छन्, ‘बैंक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरुले आज तह लाएछन। अब सुध्रीउ, अरुलाई दोष नलगाउ। यस्तालाई सरकारले कारबाही गरोस्। जन प्रतिरोध हुनु राम्रो होइन। युवा संघको तागत ननाप प्रसाईं!’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।