एक पालिका, एक हुलाक अवधारणा कार्यान्वयन गरिनेछ : मन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचना गर्ने क्रममा चालु आर्थिक वर्षबाट नै ‘एक पालिका, एक हुलाक’ अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको बताएकी छन ।

विश्व हुलाक सेवा दिवसका अवसरमा आज डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्‍याउने गरी सूचना प्रविधिसँग जोड्दै संघीय शासन प्रणालीबमोजिम पुनःसंरचना गर्न लागिएको बताएकी हुन ।

‘आवश्यक सार्वजनिक सेवाका रुपमा रहेको हुलाक सेवामुखी भावनाले सञ्चालन हुँदै आएको छ । मुलुकभर आफ्नो सेवा प्रवाहको सञ्चालन रहेपनि परम्परागतरुपमा अब हुलाक सेवा प्रभावकारी बनाउन सकिने अवस्था छैन’, मन्त्री शर्माले भनिन्, ‘यसमा व्यापक सुधार ल्याउन सेवा प्रवाहलाई आधुनिक, भरपर्दो र प्रतिस्पर्धी बनाउने सरकारको लक्ष्य छ ।’

मन्त्री शर्माले हुलाक सेवामा प्रविधि, भौतिक पूर्वाधार र संगठनात्मक पुनःसंरचनामसहित कार्यरत कर्मचारीको क्षमता विकाससहित सरोकारवालाबीच समन्वय गरी हुलाक सेवाको विश्वव्यापी सञ्चालनमा नेपाललाई थप सक्रिय सदस्य राष्ट्रका रुपमा उभ्याउन राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त गरिन् ।      

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।