एमाले बागमती प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कष्र्यक्रम रहेको एमाले बागमती प्रदेशले जनाएको छ। 

काठमाडौंको भृकुटीमण्डपमामा आज र भोलि हुने अधिवेशनका लागि विभिन्न जिल्लाहरूबाट प्रतिनिधिहरू काठमाडौंमा आइसकेका छन् ।

एमाले बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष केशव पाण्डेका अनुसार उद्घाटनको दिन आज काठमाडौंका विभिन्न ५ ठाउँबाट जुलुस निकालिनेछ।

अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। अधिवेशनमा प्रदेशभरबाट १ हजार २ सय प्रतिनिधि सहभागी हुनेछन्। अधिवेशनले २ सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशन भोलिसम्म चल्नेछ।

एमाले सातै प्रदेशमा अधिवेशन गर्दैछ। एमालेले यसअघि लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न गरिसकेको छ। अधिवेशनले  राधाकृष्ण कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।