काठमाडौं महानगरमा आज पनि सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आज काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको छ ।

काठमाडौँ महानगरपालिकाका अनुसार आज सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो ।

सापारु र रोपाइ जात्राको परम्परालाई निरन्तरता दिँदै र त्यसको महत्वको प्रचारप्रसार गर्नका लागि महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको बताइएको छ ।

नेवार समुदायले काठमाडौँमा बिहीबार नै गाईजात्रा मनाए पनि आज रोपाइ जात्रा मनाउने भएपछि महानगरपालिकाले सो निर्णय गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।