पूर्वाधारमन्त्रीद्वारा सडक निरीक्षण, उपत्यकाका खाल्डाखुल्डी पुर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भौतिक भूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाराजगञ्जस्थित नारायाण गोपाल चोकदेखि बूढानीलकण्ठसम्म सडक निरीक्षण गरेका छन्।

निरीक्षणपछि पानी चुहिँदा बाटो बिग्रिने खाल्टाखुल्टी हुने स्थिति देखिएको बताउँदै सम्बन्धित निकायलाई मर्मत गर्न निर्देशन दिइसकेको उनले बताए। मन्त्री ज्वालाले भने, “हामीले स्थलगतरुपमै आएर हाम्रा कार्यालय र कन्ट्र्याक्टर दुवै पक्षलाई छिटोभन्दा छिटो सडकमा देखिएका खाल्टाखुल्टी, व्यवस्थित एवं खाल्टाखुल्टी मर्मत गर्नका निर्देशन दिएका छौँ, उहाँहरुले तीव्ररुपमा काम अगाडि बढाइ रहनुभएको छ।” 

काठमाडौँलगायत अन्य स्थानमा विभिन्न कारणले सडक खाल्टाखुल्टी भएको बताउँदै उनले सम्बन्धित सबै निकायलाई समन्वय गरेर समस्याको समाधान गर्न निर्देशन दिएको जानकारी दिए । निरीक्षणका क्रममा राज्यमन्त्री नन्दा चपाईँ र मन्त्रालयका सचिव केशव शर्माको पनि सहभागिता रहेको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।