पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग प्रहरीले लियो बयान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको छ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले पूर्वमुख्यसचिव पौड्यालसँग ललिता निवासका विषयमा जानकारी लिइएको र यो नियमित प्रक्रिया भएको बताए।

२०६९ सालमा टिकिन्छा गुठीको ३ रोपनी जग्गामा नक्कली मोही खडा गरिएको थियो। बाबुराम भट्टराई नेतृत्वको सरकारले समरजंग कम्पनीको नाममा रहेको जग्गा गुठीमा लगिएको थियो । तत्कालीन अवस्थामा मुख्य सचिव रहेका पौडेलको भूमिका पनि शङ्कास्पद देखिएपछि किर्तेमा अनुसन्धान गरिरहेका सीआईबीले बयान लिएको हो।

यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दा नीतिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई मुख्य सचिव पौडेल, विशिष्ट पदाधिकारी निवास विस्तारको नाममा २७ रोपनी जग्गा हिनामिना हुँदाका प्रधानमन्त्री माधव नेपाललाई उन्मुक्ति दिएको थियो। तर, सर्वोच्च अदालतले सरकारी जग्गा व्यक्ति बनाउन निर्णायक भूमिकामा रहनेहरू माथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो।

पूर्वप्रधानमन्त्रीहरु नेपाल, भट्टराई, तत्कालीन भौतिक पूर्वाधार मन्त्रीहरू विजय गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीसँग पनि बयान लिने तयारी गरेको छ। उनीहरूलाई पक्राउ गर्ने नगर्नेबारे सीआईबी अन्योलमा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।