उपत्यकामा थपिए ३२ कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।   

प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १ पुरुष, त्रिभुवन विश्वविधालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा भक्तपुरका २ पुरुष, काठमाडौंका १७ महिला र ११ पुरुष, ललितपुरका १ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  

त्यस्तै, नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।