नेपाल र म्यानमारले दुई मैत्रीपुर्ण खेल खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  फिफा विश्वकप २०२६ छनोटअन्तर्गत प्रारम्भिक चरण खेल्न लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार विश्वकप छनोटअन्तर्गत प्रारम्भिक चरण खेलको तयारीस्वरूप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको जानकारी दिएको हो।

एन्फाका अनुसार खेल म्यानमारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ मा खेलिनेछन्। यो मैत्रीपूर्ण खेल फिफा विन्डोअन्तर्गत खेल्न लागिएको हो। नेपालले अक्टोबर १२ र १७ मा लाओससँग प्रारम्भिक चरणको खेल खेल्ने छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।