राप्रपा नेपालले बाेलायाे केन्द्रीय समिति बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक बस्दैछ ।

बैठक आगामी भदाै ७ र ८ गते काठमाडौंमा बोलाइएको छ । राप्रपा नेपाल पुनर्जागरण पश्चात् यो बैठक पार्टी जीवनको निमित्त अत्यन्तै महत्त्वपूर्ण रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्रसहित जनआन्दोलनको खाकासमेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । ‘यो बैठक पार्टीको भावी कार्यदिशा र कार्ययोजनासहित सैद्धान्तिक वैचारिक पक्षलाई थप स्पष्ट पार्दै अघि बढ्नेछ’, महामन्त्री बर्तौलाले भने।

सङ्घीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्यको लागि सङ्घर्षको बाटो बैठकले तय गर्ने उनले बताए । विभिन्न व्यक्ति, समूह, अभियान, पार्टीमा रहेका राष्ट्रवादी प्रजातान्त्रिक शक्तिलाई एकै ठाउँमा ल्याउन पार्टीले भरमग्दुर प्रयास गर्ने तथा राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन सबैको साथ, सहयोग र समर्थन लिनेगरी पार्टीलाई अघि बढाइने कार्ययोजना प्रस्तुत हुने जनाइएको छ ।

बैठकमा अध्यक्ष थापाको राजनीतिक कार्यपत्र तथा आन्दोलनको खाकासहित महामन्त्री भाष्कर भद्राको सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठको प्रशिक्षण सम्बन्धी प्रतिवेदन, महामन्त्री राजाराम बर्तौलाको सङ्गठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदनसहित राजसंस्थाको बारेमा उपाध्यक्ष डाक्टर विष्णु भण्डारीको नेतृत्वमा गठित कार्यदलले प्रतिवेदन पेस गर्नेछ । राप्रपा नेपालसँग एकताको लागि सडक सङ्घर्ष न्यूनतम बटमलाइन रहने स्रोतले बताएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।