महिला विश्वकप : इटालीविरुद्ध रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिका अन्तिम १६ मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। 

बुधबार भएको समूह चरणको अन्तिम खेलमा इटालीविरुद्ध ३–२ गोलको रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिका अन्तिम १६ मा पुगेको हो। 

खेलको ११ औं मिनेटमा एरिअन्ना कारुसोले पेनाल्टीमा गोल गर्दै इटालीलाई अग्रता दिलाइन्। ३२ औं मिनेटमा इटालीकी बेनेडेट्टा ओर्सीले आत्मघाती गोल गरेपछि दक्षिण अफ्रिकाले खेल बराबरी गर्‍यो। ६७ औं मिनेटमा हिल्दाह मगैआले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाइन्।

७४ औं मिनेटमा इटालीकी करुसोले दोस्रो गोल गर्दै खेल बराबरीमा फर्काइन्। बराबरीमा रोक्दा पनि इटाली नकआउट चरणमा प्रवेश गर्ने स्थिति थियो। तर इन्जुरी समयमा थेम्बी गाट्लानाले गोल गर्दै दक्षिण अफ्रिकाको जित पक्का गरिन्।

जितसँगै समूह जि बाट उपबिजेताका रुपमा दक्षिण अफ्रिका अन्तिम १६ मा पुगेको छ। 

अर्को खेलमा स्विडेनले लगातार तेस्रो जित निकालेको छ । अर्जेन्टिनालाई २–० गोलले पराजित गर्दै स्विडेन समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। 

समूह जी बाट इटाली र अर्जेन्टिना समूह चरणबाटै बाहिरिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।