काठमाडौं । ललितपुर महानगरपालिकाले नगरवासीलाई घरबाट निस्कने फोहोरको व्यवस्थापन आ–आफ्नै घरमा गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
उपत्यकाको फोहोर विसर्जन गर्ने स्थलको समस्याका कारण यस्तो अपिल गरेको हो । ‘आ–आफ्नो घरवाट निस्कने फोहोरलाई कुहिने र नकुहिने छुट्टाछुट्टै घरभित्र नै विभाजन गरौं र फोहोर लैजाने गाडी नआएसम्म आफ्नो घरको फोहोर बाहिर ननिकालौं,’ सूचनामा भनिएको छ ।
Comment