सुकुम्बासी बस्ती हटाउन गृहले थाल्यो पहल, लामो सयमपछि सिंहदरबार पसे बालेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका खोला किनार तथा नदी करिडोरमा रहेका बस्ती र सोबाट उत्पन्न समस्या समाधानका लागि समन्वयात्मक पहल थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सिंहदरबार पुगेका छन् । 

आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सरोकारवाला मन्त्रालय तथा निकायका प्रमुख एवं पदाधिकारीको बैठक सम्पन्न भएको छ। 

आफूलाई संघीय सरकारबाट असहयोग भएको भन्दै २६ चैत २०७९मा सिंहदरबारको फोहोर उठाउन बन्द गराएपछि बालेन संघीय सचिवालय लामो सयमसम्म सिंहदरबार गएका थिएनन् ।

  यसअघि पटक–पटक डोजर चलाएरै सुकुम्वासी बस्ती हटाउने काठमाडौं महानगरको प्रयास संघीय सरकारै असहमतिका कारण सफल हुन सकेको थिएन ।

बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले बागमती करिडोरमा रहेको अनधिकृत बस्तीलाई हटाउन समन्वात्मक ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत तथ्यपरक ढङ्गले तयार गर्ने र वास्तविक सुकुम्वासीको पुनःस्थापना योजनासँग जोडेर बस्ती हटाउने काम सम्पन्न गर्ने बताए। 

छलफलमा गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराई, भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मी, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली, गृह मन्त्रालयका उच्चअधिकारीलगायतको उपस्थिति थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।