भू-मध्यसागरमा डुंगा डुब्दा ३०० आप्रवासी बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याड्रिड ।  सेनेगलबाट स्पेनका लागि हिँडेका  तीनवटा डुङ्गामा सवार करिब तीन सय आप्रवासी बेपत्ता भएका छन्।  भू-मध्यसागरको क्यानरी टापुमा उनीहरु बेपत्ता भएको आप्रवासी सहायता समूह वाकी बोर्डरले जनाएको छ। 

सेनेगलबाट स्पेन पुग्ने प्रयास गरेको १५ दिनदेखि उनीहरु हराइरहेको वाकिङ् बोर्डर्सकी हेलेना मालेनोले बताइन्। दुईवटा डुंगामा १२० जना र तेस्रो डुंगामा करिब २०० जना सवार थिए। 

पश्चिम अफ्रिकाको तटमा रहेको क्यानरी टापुहरू स्पेन पुग्न खोज्ने आप्रवासीहरूको लागि मुख्य गन्तव्य बनेको छ। ​ भू-मध्यसागर पार गरी स्पेनको मुख्य भूमिमा जान उनीहरुले प्रगोग गर्दै आएका छन्। 

एट्लान्टिक माइग्रेसन मार्ग, संसारमा सबैभन्दा घातक मध्ये एक हो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।