नेपालले यूएईलाई हरायो, दीपेन्द्र र सन्दीपको शानदार प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईमाथि तीन विकेटको जित निकालेको छ । 

आइतबार भएको खेलमा युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाएर पार गर्‍यो।  जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । 

 ऐरीले सम्हालिएको प्रदर्शन गर्दै सात चौका र दुई छक्काको मद्दतमा ८५ बलमा ७९ रन बनाए । उनलाई सन्दीप लामिछानेले २३ रनसहित साथ दिए । 

यसबाहेक नेपालका लागि ओपनर कुशल भुर्तेलले ५९ बलमा ३५ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २२ बलमा १३ रन र गुल्शन झाले २४ बलमा १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जिम्बावेमा टस जितेर ब्याटिङको निम्तो पाएको युएईले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनाएको थियो। 

 यूएईलाई सस्तैमा रनमा समेट्न करण केसी र सन्दीप लामिछानेले ३-३ विकेट लिए। प्रतिश जिसी, गुल्सन झा र दीपेन्द्र संह ऐरीले एक एक विकेट लिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।