रिडी खोलामा लडेर एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा । रैनादेवी छहरा गाउँपालिका–१ वर्दीस्थित रिडी खोलामा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ।

छत्रकोट गाउँपालिका–५ मानकोटका ४० वर्षीय निर्मल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

खोला किनारमा हिंडिरहेका उनी दिउँसो करिब एक बजे अचानक लडेका थिए। उनी ६ मिटर तल खोलामा खसेका ​कुमालको घटनास्थलमै मृत्यु भएको थापाले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।