नेपाली महिला टोलीले मलेसियाविरुद्ध निर्णायक खेल खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली महिला क्रिकेट टोलले मलेसियाविरुद्धको टी-२० सिरिजको अन्तिम तथा निर्णायक खेल आज खेल्दै छ।

मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा नेपाली समय अनुसार यो खेल बिहान पौने ९ बजेदेखि शुरु हुने छ।

नेपाल र मलेसियाले सिरिजमा २-२ को बराबरी गरेका छन्।  अन्तिम खेल जित्ने टिमले सिरिज कब्जा गर्ने छ।

सिरिजको पहिलो खेलमा हार बेहोरेको नेपालले त्यसपछिका लगातार दुई खेल जितेर सिरिजमा अग्रता बनाएको थियो । तर अन्तिम खेल मलेसियाले जितेर सिरिज बराबरी गरेको छ।

सिरिजको पहिलो खेल मलेसियाले ५ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेल नेपालले ७ विकेटले र तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो। चौथो खेल मलेसियाले ४ विकेटले जितेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।