नेपाल काजाकिस्तानसँग पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्ने नेपालको सपनामा धक्का लागेको छ।

काभा महिला भलिबल च्यालेन्ज कपमा आज (शुक्रबार) भएको दोस्रो सेमिफाइनलमा नेपाल कजाकस्तानसँग पराजित भएको छ।

५ सेटमा लम्बिएको प्रतिस्पर्धात्मक खेलमा पाहुना कजाकस्तानले घरेलु टोली नेपाललाई ३-२ सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा नेपालले पहिलो सेट ३०–२८ ले गुमाउँदा दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो। तेस्रो सेट पनि नेपालले २५–१५ बाट जित्दै २–१ को अग्रता बनाए पनि  चौथो सेट २५–१८ ले गुमाउन पुग्यो।

पाँचौं सेटमा निकै फितलो प्रदर्शन गरेको नेपाल १५–७ बाट पराजित हुन पुग्यो।

जितसँगै कजाकस्तानले अब उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ।

आज भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानमाथि ३–० सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। भारत प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ।

हारसँगै नेपालले अब तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।