सातदोबाटोसँग थ्रीस्टार पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले थ्रीस्टारलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा थ्रीस्टारमाथि २–० को जित निकाल्दै सातदोबाटोले उपाधि होडमा दाबेदारी कायमै राखेको छ।

सातदोबाटोको जितमा विलियम अपोकु आसीयडुले दुई गोल गरे। सातदोबाटोका लागि खेलको २३ औँ मिनेटमा अपोकुले गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफको सुरुवातमै अपोकुले फ्री किकमार्फत उत्कृष्ट गोल गर्दै स्पष्ट दिलाए।

जितसँगै २९ अंक जोडेको जावाखेल चौथो स्थानमा यथावत् छ। जारी लिगमा ३६ अंक सहित चर्च ब्वाइज शीर्ष स्थानमा छ। ३२ अंकको जावलाखेल दोस्रो तथा ३१ अंकको मच्च्छिन्द्र तेस्रो स्थानमा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।