सरकारी अस्पतालको ओपीडी बिहान ८ देखि बेलुकी ८ बजेसम्म चलाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सरकारी अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म चलाउने घोषणा गरेको छ । संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।

अहिले सरकारी अस्पतालमा उक्त सेवा बिहान १० देखि दिउसो २ बजेसम्म चल्ने गरेको छ। त्यसपछि केही अस्पतालले ईएचएस सेवा दिने गरेका छन्।

सरकारले अघि सारेको नीतिमा सरकारहरुबीचको दोहोरोपन अन्त्य गर्ने, कार्य विस्तृतीकरण प्रतिवेदनलाई पुनरावलोकन गर्ने लगायतका नीति अघि सारिएको छ।

तीन तहका सरकारबीच कार्यात्मक अन्तरसम्बन्ध सुदृढ गरी काममा रहेको दोहोरोपन अन्त्य गरिने, कार्य विस्तृतीकरण प्रतिवेदनको पुनरावलोकन गरिने, राष्ट्रिय समन्वय परिषद्लगायतका संरचनालाई क्रियाशील बनाइने छ, राष्ट्रिय प्रतिबद्धता पूरा गर्ने कुरामा तीनै तहको अपनत्व कायम रहने, राष्ट्रिय प्राथमिकता पूरा गर्न प्रदेश र स्थानीय तहले पूरा गर्नुपर्ने नीतिगत र कानुनी व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।