ए डिभिजन लिगमा आज तीन खेल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  शहिद स्मारक लिग ए डिभिजन फुटबलमा आज तीन खेल हुँदैछन्।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा र च्यासल खेल मैदान, ललितपुरमा एउटा खेल हुनेछ।

च्यासलस्थित खेल मैदानमा मछिन्द्र फुटबल क्लब तथा थ्रि स्टार क्लब बिच पहिलो खेल हुनेछ। सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ। यसैगरी त्रिपुरेश्वरस्थित रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लब बिच पहिलो प्रतिस्पर्धा हुनेछ।

सो खेल पनि ३ बजेवाट सुरु हुनेछ।  उता, साँझ ६ बजेवाट रंगशालामा हुने दोस्रो खेलमा भने एफपी फुटबल क्लब र सातदोवाटो युवा क्लब एक आपसमा आमुने सामुने हुनेछन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।