५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि,थप एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा संक्रमितको संख्या ७१७७ पुगेको छ। उनीहरु मध्ये ५३९ जना महिला र ६६३८ जना पुरुष रहेका छन्।

थप एक जनाको मृत्यु भएकाे छ । बाँकेकी ४६ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।