गुजरातले मुम्बईलाई हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  साविक विजेता गुजरात टाईटन्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई ईन्डियन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ। 

घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा गुजरातले मुम्बई ईन्डियन्सलाई ५५ रनले पराजित गरेको हो।  गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनायो।

मुम्बईका लागि निहाल वाधिराले ४० रन बनाए। क्यामरुन ग्रीनले ३३ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो रहेन। सुर्यकुमार यादवले २३ रन बनाए। 

गुजरातका लागि नूर अहमदले ३ तथा मोहित शर्मा र राशिद खानले समान २\२ विकेट लिए। कप्तान हार्दिक पान्ड्याको नाममा १ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनायो। गुजरातका लागि ओपनर शुभमन गिलले ५६ रनको अर्धशतकीय ईनिङ खेले। डेबिड मिलरले  ४६ रन बनाए। ​ अनुभब मनोहरले ४२ रन बनाउँदा राहुल तिवतिया ५ बलमा २० रन बनाएर अविजित रहे।

मुम्बईका लागि पियुष चावलाले २ तथा राईली मेरिडेथ, अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येले समान १/१ विकेट लिए। साबिक विजेता गुजरात सात खेलमा पाँच जित र दुई हारका साथ १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। 

पाँच पटकको च्याम्पियन मुम्बई सात खेलमा चार हार र तीन जितका साथ अंक तालिकाको सातौं स्थानमा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।