सिंगापुरविरुद्ध यूएईको सानदार जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कप्तान मोहम्मद वासिम र वृत्या अरविन्दको शतकप्रेरित यूएईले एसीसी प्रिमियर कपको समूह ‘बी’मा आइतबार सिंगापुरलाई २०१ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा सबै विकेट गुमाउनुअघि चार सय ७१ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरले ९ विकेट गुमाएर दुई सय ७० रन मात्रै बनाउन सक्यो।

यूएईका कप्तान वसिमले १६० रन बनाए । विस्फोटक ब्याटिङ गरेका वसिमले ८२ बलमा नौ चौका र १६ छक्का प्रहार गरे ।

भ्रित्या अरविन्दले १७४ रन बनाए । अरविन्दले १३३ बलमा १७ चौका र सात छक्का प्रहार गरे । २२–१ को अवस्थामा रहेको अवस्थाबाट यी दुईले २४६ रनको साझेदारी गर्दै यूएईको विशाल योगफलसम्मको आधार खडा गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।